एकतापछि पार्टी फुट्छ कि भन्ने नकारात्मक सोच र आशंका नलिन नेताहरुलाई राप्रपा अध्यक्ष थापाको आग्रह

Machchapuchchre

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राप्रपा संयुक्तसँगको एकीकरण दिगो हुने बताएका छन् । पार्टी एकताको पूर्वसन्ध्यामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्ष थापाले एकतापछि पार्टी फुट्छ कि भन्ने नकारात्मक सोच र आशंका नलिन नेताहरुलाई आग्रह गरे ।

बुधबार राप्रपा र राप्रपासंयुक्तबीच पार्टी एकता हुँदैछ। उनले भने, ‘पार्टी फुट्छकि भन्‍ने नकारात्मक सोच र आशंका लिएर नजाऔं। सतर्क रहनुपर्छ, सचेत रहनुपर्छ तर सुरुमै आशंका लिएर नकारात्मक सोच लिएर अगाडि बढ्न खोज्यौं भने शिथिल भइन्छ र गति लिन सकिँदैन । अब पार्टी फुट्दैन, फुट्‍न दिँदैनौं भन्‍ने मानसिकताका साथ पार्टी अगाडि बढ्नुपर्छ।’

थापाले कम्युनिस्ट र कांग्रेसको वैकल्पिक शक्ति जनताले खोजिरहेको उल्लेख गर्दै राप्रपाले आफूलाई वैकल्पिक शक्तिको रुपमा उभ्याउनुपर्ने बताए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्