उत्तर कोरियाद्वारा जापानी समुद्रमा क्षेप्यास्त्र परीक्षण

Machchapuchchre

सोल । उत्तर कोरियाले सोमबार तीन क्षेप्यास्त्र परीक्षण गरेको छ । दक्षिण कोरियाली सेनाले जनाएअनुसार उत्तर कोरियाले दक्षिणी हेमग्योङ्ग प्रान्तबाट जापानी समुद्रमा क्षेप्यास्त्र परीक्षण गरेको हो ।

उत्तर कोरियाले परीक्षण गरेका क्षेप्यास्त्रले ५० किलोमिटरको अधिकतम उचाई लिएर दुई सय किलोमिटरसम्मको दूरी तय गरेका थिए । दुई साताअघि पनि उत्तर कोरियाले यस्तै किसिमका क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

उत्तर कोरियाले परीक्षण गरेको क्षेप्यास्त्रको किसिम भने अझै स्पष्ट नभइसकेको र यसबारे आवश्यक विश्लेषण भइरहेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्