अस्ट्रेलियामा नेपाली विद्यार्थीलाई कोरोना देखिएपछि सँगै बस्ने चार जना पनि क्वारेन्टाइनमा

Machchapuchchre Bank

काठमाडाैं । नेपालबाट अस्ट्रेलिया आएका एक विद्यार्थीमा कोरोनाभाइरस(कोभिड-१९) को संक्रमण देखिएको क्यानबेरास्थित नेपाली दूतावासले पुष्टि गरेको छ। हाल उनको रोयल होबार्ट अस्पतालमा उपचार भइरहेको र उनको स्वास्थ्य स्थिति सामान्य रहेको अस्पतालको भनाइलाई उद्धृत गर्दै दूतावासले जनाएको छ।

उक्त विषयमा राजदूतावासले नेपाल सोसाइटी अफ तास्मानिया र गैरआवासीय नेपाली संघ, तास्मानियासँग समन्वयन गरिएको बताएको छ। यद्यपी दूतावासले ती विद्यार्थी अस्ट्रेलिया कहिले आएका हुन्? भन्ने खुलाएको छैन। नेपाली सोसाइटी अफ तास्मानियाकी अध्यक्ष पुनम पन्तले उनीसँगै अपार्टमेन्टमा बसेका चार जनालाई पनि क्वारेन्टाइनमा राखिएको बताइन्।

‘मैले ती युवालाई भेटेर आएँ। उहाँलाई त्यस्तो कुनै समस्या छैन। उहाँको स्वास्थ्य सुधारउन्मुख हुँदै गइरहेको छ। यसका साथै उहाँसँगै अपार्टमेन्टमा बस्नेलाई चार जना नेपालीलाई पनि क्वारेन्टाइनमा राखिएको छ।’ चारै जनामा अहिले नै कोरोनाको संक्रमण नदेखिएको उनले बताइन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्