गोरखामा जिप दुर्घटना हुँदा १० घाइते, गम्भीर अवस्थामा रहेका ४ जनाकाे उद्धारका लागि हेलिकप्टर बोलाइयो

Machchapuchchre

गोरखा । गोरखामा जीप दुर्घटना हुँदा एकै गाउँका १० जना घाइते भएका छन् । गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि काठमाडौं लैजान हेलिकोप्ट बोलाइएको छ । बारपाक सोलिकोट गाउँपलिका–४, सौरपानीबाट गोरखाबजारतर्फ आइरहेको बा १५ च १०१६ नम्बरको जिप मंगलबार बिहान ७ः०० बजे केउरामा दुर्घटना भएको हो ।

ट्राफिक प्रहरी कार्यालय गोरखाका इञ्चार्ज सुकबहादुर बिकले दुर्घटनाको पुष्टि गर्दै १० जना घाइते भएको जानकारी दिए । बिकका अनुसार, दुर्घटनामा परी विमला गुरुङ, रमा गुरुङ, बुद्धबहादुर गुरुङ, श्रीमान् गुरुड, क्षेत्रकुमारी गुरुङ, टेकमाया गुरुङ र उनकी ६ वर्षीया छोरी सुनीता घाइते भएका छन् । सोही दुर्घटनामा परी सुकमाया गुरुङ, विनोद गुरुङ, राजकुमारी गुरुङ र चालक आनन्दकुमार गुरुङ पनि घाइते भएका छन् । घाइते सबै रञ्चोकका हुन् ।

यीमध्ये विमला, रमा, क्षेत्रकमारी र सुकमायाको अवस्था गम्भीर रहेको छ । गोरखाका ट्राफिक प्रहरी इञ्चार्ज विकका अनुसार, थप उपचारका लागि काठमाडौं लैजानु पर्ने भएपछि माउन्टेन एयरको हेलिकोप्टर बोलाइएको छ । ब्रेक फेल हुँदा जिप दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिप सडकबाट करिब १ सय मिटर तल खसेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्