ठेकेदार मनोज भेटवालले गरे प्रहरीसमक्ष आत्मसमर्पण

Machchapuchchre

काठमाडौँ  । जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक मनोज भेटवालले मंगलबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । बैंकिङ कसुरमा फरार रहेका भेटवाल नयाँदिल्लीबाट काठमाडौं फर्केलगत्तै महानगरीय प्रहरी परिसर, काठमाडौंमा पुगेर आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।

भेटवाललाई लामो समयदेखि प्रहरीले व्यापक खोजी गरे पनि उनी भारतको विभिन्न ठाउँमा लुक्दै आएका थिए। ७५ लाख १० हजार रुपैयाँ बराबरको बैंकिङ ठगी कसुरमा भेटवालविरुद्ध पाटन उच्च अदालतले पक्राउ गर्न प्रहरीलाई आदेश दिएको थियो।

उनी पुरानो बसपार्कमा बन्दै गरेको काठमाडौं भ्यू टावरका मुख्य ठेकेदारसमेत हुन्। यसअघि खुलामञ्चमा अवैध रुपमा सटर निर्माण गरी उनले पैसासमेत असुलेका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्