इतिहासकै महङ्गो भयो फेरि सुनको मूल्य, अब तोलालाई कति ?

Machchapuchchre

काठमाडौं । सुनको मूल्य पुनः उकालो लागेको छ । मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । आइतबार ८२ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य आज २ सयले बढेर ८२ हजार ७ सय रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८२ हजार ४ सय रुपैयाँ कायमा भएको छ । पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ । मंगलबार पनि सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । चाँदी भने मंगलबार १० रुपैयाँले घटेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्