मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान

Machchapuchchre

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी वायूको प्रभावका कारण केही दिन मेघगर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागले आगामी तिन दिनको मौसमको पूर्वानमान जारी गर्दै आज विहान देशको केही पश्चिमी भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली र अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ। विभागले पूर्वी तथा मध्य पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन २७ गते (मंगलबार)

दिउँसोः देशभर आंशिक बदली रहनेछ । अपरान्ह पछि पूर्वी तथा मध्य पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातिः देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

फागुन २८ गते (बुधबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी तथा मध्य भू-भागका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

रातिः देशभर आंशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा तथा मध्य र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

फागुन २९ गते (बिहिबार)

दिउँसोः देशभर आंशिक रहनेछ। पहाडी भु-भागका १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

रातिः देशभर आंशिक रहनेछ। पहाडी भु-भागका १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्