प्रधानमन्त्री ओली र मिर्गौलादाता समीक्षाबीच भेटघाट, स्वास्थ्य अवस्थामा सुधार भइरहेकाे जानकारी

Machchapuchchre

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौलादाता समीक्षा संग्रौलाले बुधबार भेटेकी छिन् । ‘लिभर आईसीयू’ मा गएर समीक्षाले मामासमेत रहेका प्रधानमन्त्री ओलीलाई दिउँसाे ३ बजे भेटेकी हुन् ।

भेटमा समीक्षाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । जवाफमा प्रधानमन्त्री ओलीले आफ्‍नो स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताएका थिए ।

फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको र बुधबार आफैंले दाह्री काटेको प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने उनकी भान्जी समीक्षा संग्रौलाको स्वास्थ्य अवस्थामा भने उल्लेख्य सुधार आएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्