रक्षा मन्त्रीले बोलाएको सर्वदलीय बैठकमा किन गएनन् काँग्रेस सभापति देउवा

Machchapuchchre

काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले बोलाएको सर्वदलीय बैठकमा सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल सहभागी छन् । त्यस्तै मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी पनि बैठकमा सहभागी छन् ।

बैठकमा राजपाका तर्फबाट राजेन्द्र महतो, महन्थ ठाकुर, महेन्द्र राय यादव तथा संघीय समाजवादी राजेन्द्र श्रेष्ठ सहभागी छन् । काँग्रेसका तर्फबाट नेता बालकृष्ण खाण र गगन थापा सहभागी भएका छन् । संसदमा प्रतिधित्व गर्ने दलका शीर्ष नेता बैठकमा बोलाइएपनि काँग्रेसका सभापति शेरबहादुर देउवा भने सहभागी भएनन् ।

बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम र नियनत्रणबारे कार्ययोजना पेश गर्नेछन् । सरकारका तर्फबाट पेश हुने उक्त कार्ययोजनामा सहभागी सवै दलका प्रतिनिधिहरुले सुझाव पेश गर्नेछन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्