बाँस्कोटा निवासमा आतंककारी समूहले विस्फोट गरायो : प्रचण्ड

Machchapuchchre

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भक्तपुरस्थित निजी निवासमा भएको विस्फोटको भर्त्सना गरेको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बुधबार बिहान एक विज्ञप्ती जारी गर्दै बाँस्कोटाको निजी निवासमा भएको बम विस्फोटको भर्त्सना गरेका हुन् ।

प्रचण्डद्वारा हस्ताक्षरित विज्ञप्तीमा आतंककारी समूहले बम प्रहार गरेर बाँस्कोटाको निजी निवासमा क्षति पुर्‍याइएको भन्दै निन्दा गरिएको छ । प्रचण्डले घटनामा संलग्न ‘अपराधी’लाई तत्काल नियन्त्रणमा लिइ आवश्यक कानूनानुसार कडा कारबाही गर्न पनि सरकारसँग माग गरेका छन् ।

भक्तपुरको मध्यपुर नगरपालिका–१ लोकन्थलीस्थित बाँस्कोटाको निवासमा बुधबार बिहान ७ : ५० बजेतिर विस्फोट भएको थियो । विस्फोटबाट घरका सिसाहरु चर्किनुका साथै पर्खालमा समेत क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्