टुटल र पठाओ रोक्न सरकारले जारी गर्‍यो फेरि सूचना

Machchapuchchre

काठमाडौं । सरकारले विभिन्न प्रयोजन्नका लागि दर्ता भएका सवारी साधानहरुले विभिन्न माध्यबाट आफू खुशि सवारी साधन सार्वजनिक रुपमा सन्चालन गरि मन परि भाडा लिएको गुनासो आए पछि यातायात व्यवस्था विभागले सूचना प्रकाशन गरेको छ ।

ट्याक्सी व्यवसायी तथा चालकले टुटल र पठाओलाई कानून विपरित सेवा प्रदान गर्न छुट दिइएको भन्दै मंगलबार साँझ विभाग घेराउ गरेका थिए । ट्याक्सी सञ्चालकहरुको दबावमा विभागले मंगलबार राती नै सूचना जारी गरेको हो ।

टुटल र पठाओ नामा उल्लेख नगरी जारी भएको सूचना कार्यान्वयन गरिएमा निजी सवारीलाई पनि भाडा लिएर यात्रु बोकिरहेका टुटल, पठाओलगायतका मोटरसाइकलमा यात्रु बोक्ने सेवा प्रभावित हुनेछन् । विभागले कानून मिचेर सञ्चालनमा रहेका सवारीमाथि तत्कालै कारबाही थालिने स्पष्ट गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्