माछापुच्छ्रे बैंकबाट बाहिरिए सुमन शर्मा, सन्तोष कोइराला कामु सिइओ

Machchapuchchre

अर्थ राजनीति । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतबाट सुमन शर्मा बाहिरिएका छन् । शर्मा फागुन मसान्तबाट औपचारिक रूपमा बाहिरिने छन् ।

कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मा नायव प्रमुख कार्यकारी सन्तोष कोइरालाले पाएका छन् । माछापुच्छ्रेमा सिइओ हुनुअघि शर्मा ग्लोबल आइएमइ बैंकमा थिए । त्यसअघि पनि शर्मा माछापुच्छ्रे बैंककै नायव प्रमुख कार्यकारी अधिकृत थिए । शर्मालाई चार वर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरिएको थियो।

शर्मा ग्लोबल आइएमइ नायव प्रमुख कार्यकारी भएर पनि काम गरेका थिए । शर्माले बैंकिङ क्षेत्रमा करिब  २२ वर्षको अनुभव संगालेका छन् । उनले सन् १९९७ मा नेपाल एसबिआइ बैंकमा अधिकृतस्तरबाट बैंकिङ करियर सुरु गरेका थिए ।

कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मा पाएका कोइराला दुई वर्षदेखि नायव प्रमुख कार्यकारी थिए। माछापुच्छ्रे बैंकमा कोइरालाले ७ वर्ष काम गरेका छन्।

बैंक अफ काठमाण्डूबाट करियर सुरु गरेका कोइराला त्यहाँबाट सानिमा बैंक गएका थिए । त्रिभूवन विश्वविद्यालयबाट ब्यवस्थापनमा स्नातकोत्तर गरेका उनले नेदरल्यान्डको कलेजबाट ‘एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राम’ मा डिप्लोमा गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्