काठमाडौंमा भेटिए १ जना कोरोना संक्रमित बिरामी, टेकुमा उपचार हुँदै

काठमाडौँ । चीनको वुहानबाट सुरु भइ विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमित बिरामी काठमाडौंमा पनि भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट नेपाल आएकी नेपाली विद्यार्थीमा कोरोनाको संक्रमण पुष्टि भएको सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । १९ वर्षीय एक युवतीमा कोरोनाभाइरसको संक्रमण देखिएको र अहिले उनलाई टेकु स्थित शुक्रराज […]

आफ्ना नागरिकलाई लैजान दक्षिण कोरियाले आज खालि विमान नेपाल पठाउँदै

काठमाडौं । नेपालले सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि दक्षिण कोरियाले आजदेखि आफ्ना नागरिकलाई स्वदेश फर्काउँने भएको छ । नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार दक्षिण कोरियाले नेपालमा रहेका आफ्ना नागरिक लान खालि विमान पठाउँदै छ । सोही विमानमार्फत आज बेलुका ७ बजे कोरियाका नागरिकलाई लाने सूचना आएको क्षेत्रीले जानकारी दिए । नेपालस्थित दक्षिण कोरियाली […]

आजदेखि भारत र चीनका सीमा नाका बन्द, ढुवानी भने नरोकिने

काठमाडाैं । कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण रोकथामका लागि सोमबारदेखि भारत र चीनका सीमा नाका बन्द हुने भएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सोमबार बिहान १० बजेदेखि लागू हुनेगरी दुवै छिमेकी देशका सबै नाकाबाट हुने यात्रु आवागमन एक हप्ताका लागि स्थगित गर्ने निर्णय गरेको छ । सीमा वारपारको ढुवानी भने नियमित हुनेछ । मन्त्रिपरिषद्को […]

कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय नाघ्यो, कति छन् संक्रमित ?

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १३ पुगेको छ । कोरोनाको संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ सयले ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १३ पुगेको हो । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले इटाली, अमेरिका, स्पेन, जर्मनी, इरान […]

भोलिदेखि भारत र चीनतर्फको सबै नाका एक हप्ता बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । चीनको वुहान सहरबाट सुरु भई विश्वव्यापी रुपमा फैलिरहेको कोरोना संक्रमणलाई मध्यनजर गर्दै सरकारले छिमेकी मुलुक भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को केहिबेर अघि मात्र सकिएको बैठकले यो निर्णय गरेको हो । सोमबार बिहान १० बजेदेखि एक हप्तासम्म भारत र चीनसँगको सीमा नाकामा आवागमन […]

वीरगंजका १ जनालाई कोरोना संक्रमण भएको पुष्टी

काठमाडौं । वीरगञ्जका एक जना व्यापारीमा कोरोना संक्रमण देखिएको छ । वीरगञ्ज महानगरपालिका – १० आदर्श नगर भएका एक जनामा कोरोनाको संक्रणम पुष्टि भएको हो । केही समयअघि दुवई गएर फर्किएका ती व्यक्तिलाई रोघा खोकी र ज्वरो देखिएपछि कोरोना भाइरस संक्रमणको आशंका गर्दै भारतको पटना पठाइएको थियो । त्यहाँ जाँच गर्दा कोरोना संक्रमणको पुष्टि भएको […]

आज रातिदेखि कञ्चनपुर जिल्लालाई ‘लक डाउन’ गरिने

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरसहित जिल्लाका बजार र बस्ती क्षेत्रका बासिन्दालाई घर बाहिर निस्कन नदिइने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आइतबार राति ११ः५९ बजेपछि स्थानीयलाई बाहिर निस्किन नदिइने निर्णय गरेको हो । ‘सम्पूर्ण उद्योग, कलकारखाना र बजार बन्द हुने छ,’ प्रमुख जिल्ला अधिकारी खतिवडाले भने, ‘कोरोना भाइरस संक्रमणको जोखिम […]

कैलालीको गोदावरीमा बिस्फोट, एक जनाको मृत्यु

काठमाडाै‌ । कैलालीको गोदावरीमा बिस्फोट हुँदा एकजनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ फुलबस्तीमा पितल जस्तो देखिने बस्तु बिस्फोट हुँदा ४० वर्षीय नरबहादुर बिकको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप गिरीले विस्फोट भएको पुष्टि गरे । ‘गोदावरी नगरपालिका–४ मा विस्फोट भएको सूचना आएको छ […]

शंका लागे नियन्त्रण गरिने ( आजको पत्रपत्रिका)

अर्थ राजनीति । कोरोना त्रास र त्यसबाट उत्पन्न भएको समस्याको विषयमा सबै दैनिक पत्रिकाहरू केन्द्रित भएर खबर छापेका छन् । ‘नाकाहरूमा जोखिपूर्ण आवागमन’ शीर्षकमा कान्तिपुरले मुख्य समाचार बनाएको छ । भारतमा संक्रमण विस्तारसँगै घर फर्कंने नेपालीको संख्या बढेकाले कतिपय नाकामा स्वास्थ्य जाँच त परै, भीड नियन्त्रण गर्नसमेत मुस्किल भएको छ । मुख्य नाकामा हेल्थ डेस्क […]

कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३ हजार नाघ्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमणका कारण अहिलेसम्म विश्वभर ज्यान गुमाउनेको संख्या १३ हजार नाघेको छ । सङ्क्रमित ३ लाख ६ हजार ६ सय ७७ मध्ये अहिलेसम्म १३ हजार १७ जनाको ज्यान गएको छ । ९४ हजार ७ सय ९८ जना उपचारपछि घर फर्किएका छन्। सबैभन्दा धेरै इटलीमा ४ हजार ८ सय २५ जनाको ज्यान गएको […]