भोलिदेखि भारत र चीनतर्फको सबै नाका एक हप्ता बन्द गर्ने सरकारको निर्णय

Machchapuchchre

काठमाडौं । चीनको वुहान सहरबाट सुरु भई विश्वव्यापी रुपमा फैलिरहेको कोरोना संक्रमणलाई मध्यनजर गर्दै सरकारले छिमेकी मुलुक भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को केहिबेर अघि मात्र सकिएको बैठकले यो निर्णय गरेको हो । सोमबार बिहान १० बजेदेखि एक हप्तासम्म भारत र चीनसँगको सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय भएको स्रोतले जानकारी दिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्