आजबाट लामो दुरीका यातायात सेवा अनिश्चितकालका लागि बन्द

Machchapuchchre

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएपछि अन्ततः नेपाल ‘लकडाउन’ को अवस्थामा पुगेको छ । सरकारले आजदेखि चीन र भारतसँगका सबै १ सय ७० सीमानाका समेत बन्द गरेपछि नेपाल ‘लकडाउन’को अवस्थामा पुगेको हो ।

आइतबार साँझको मन्त्रिपरिषद्ले गरेको निर्णय आजदेखि लागु भएको हो । नेपाल भारत सीमा एकसाताका लागि बन्द भएपछि आवातजावत ठप्प भएको छ । भारतसँगका १ सय ६४ तथा चीनसँगका ६ वटा सीमानाकामा सुरक्षाकर्मी तैनाथी बढाइएको छ ।

लामो दुरीका सवारी साधन आजबाट बन्द भएका छन् । कोरोना भाइरसको संक्रमण नेपाल भित्रिन नदिने उद्देश्यले सोमबारबाट लामो दुरीका सवारी साधन अनिश्चितकालका लागि बन्द गराइएको हो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै १० चैतदेखि केही समयका लागि लामो दुरीका सवारी साधन चलाउन रोक लगाउने निर्णय गरिएको जानकारी दिएका थिए ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले सबै अन्तर्राष्ट्रिय उडानहरु पनि बन्द गराएको छ । चीन र भारतसँग जोडिएका नेपालका नाकाहरु पनि एक साताका लागि बन्द गराइएको छ । तर सीमा नाकाबाट अत्यावश्यक सामाग्रीको ढुवानी भने जारी रहने छ ।\

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्