कैलालीको गोदावरीमा बिस्फोट, एक जनाको मृत्यु

Machchapuchchre

काठमाडाै‌ । कैलालीको गोदावरीमा बिस्फोट हुँदा एकजनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ फुलबस्तीमा पितल जस्तो देखिने बस्तु बिस्फोट हुँदा ४० वर्षीय नरबहादुर बिकको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप गिरीले विस्फोट भएको पुष्टि गरे ।

‘गोदावरी नगरपालिका–४ मा विस्फोट भएको सूचना आएको छ । वनमा घाँस काट्न जाँदा भेटिएको पित्तल जस्तो वस्तुलाई घरमा ल्याएर पगाल्न खोज्दा विस्फोट भएको भन्ने बुझिएको छ,’ एसपी गिरीले भने, ‘अहिले प्रहरीको टोली घटनास्थलतर्फ जाँदै छ ।’

विस्फोटबाट १ जनाको ज्यान गएको भएपनि कुनै विस्फोटक पदार्थ नै विस्पफोट भएको हो भन्ने विषय यकीन नभएको एसपी गिरीको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्