कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८ हजार ८ सय पुग्यो, १९७ देशमा संक्रमण

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ हजार ८ सय १० पुगेको छ ।४ लाख २१ हजार ३ सय ६७ मा संक्रमण फैलिएको छ । संक्रमण फैलिएका मध्ये १ लाख ८ हजार ३ सय ८८ स्वास्थ्यलाभ गरी अस्पतालबाट फर्किएका छन् । चीनको वुहानबाट शुरु भएको कोरोनाको महामारी अहिले विश्वका १९७ देशमा पुगेको छ […]

यस्ता छन उच्चस्तरिय कोरोना रोकथाम समितिले गरेका आठ निर्णय

काठमाडाैं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलज्यूको संयोजकत्वमा गठित कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले विभिन्न आठ निर्णय गरेको छ। मंगलबार बसेको समिति बैठकले सीमा नाकाहरूमा आइपुगी अलपत्र परेका नेपाली नागरिकहरूलाई एक पटकको लागि नेपाल प्रवेश गर्न अनुमति दिनेदेखि धरान, पोखरा र नेपालगञ्जमा पनि कोरोना-१९ परीक्षण गर्ने तयारी गर्ने निर्णय गरेको हो। […]

काठमाडौं महानगरपालिकाभित्र समस्या परे तत्काल यी नम्बरमा फोन गर्नुस्

काठमाडाैं । काठमाडौं महानगरपालिकाभित्रका सर्वसाधारणलाई कुनै समस्या परे मेयर, उपमेयर र वडा अध्यक्षलाई सम्पर्क गर्न अनुरोध गरिएको छ। मंगलबार मेयर विद्यासुन्दर शाक्यले प्रेस विज्ञप्तिमार्फत सो जानकारी दिएका छन्। विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणलाई नेपालमा फैलिन नदिन देशभर लागू गरिएको लकडाउन अवधिभर आफ्ना वडाध्यक्ष वा सदस्यलाई खबर गर्नुपर्ने बताइएको छ। ‘कोरोना भाइरसको […]

लुपस नामक रोगबाट ग्रस्त थिए भरतपुर कोरोना विशेष अस्पतालमा मृत्यु भएका बिरामी

भरतपुर । चितवनको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बिरामी पहिलेदेखि नै लुपस नामक रोगले ग्रस्त रहेको पाइएको छ । चितवन मेडिकल कलेजमा उपचार गराउँदै आएका पर्साको वीरगन्ज–३० घर भएका सन्तोष यादवलाई ज्वरो र निमोनियाको लक्षण देखिएपछि आइतबार राति भरतपुर कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारका क्रममा नै उनको […]

लकडाउन उल्लंघन हुन थालेपछि नेपाली सेना पनि सडकमा, कर्फ्यू नै लगाउने प्रहरीको चेतावनी

जनकपुरधाम । प्रदेश नम्बर २ का जनताले केन्द्र सरकारले आव्हान गरेको लकडाउन उल्लंघन गरेकाे छन्। जसकारण सप्तरीमा नेपाली सेना नै सडकमा उत्रिएको छ । प्रदेश २ काे अस्थायी राजधानी जनकपुरधाममा भीड पातलिए पनि सर्वसाधारण घरबाट बाहिर आउन छाडेका छैनन् । फाटफुट पसलहरु पनि सञ्चालनमै छन् । मुख्य सडकदेखि अन्य बजार क्षेत्र भएर मान्छेहरु आवत–जावतहरु गरिरहेका […]

चितवन – आइसोलेसनमा राखिएका एक युवकको मृत्यु, कोरोना पुष्टि हुन बाँकी

काठमाडाैं । चीनको वुहानबाट सुरु भई विश्वव्यापी रुपमा फैलिरहेको कोरोना संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारले मंगलबार बिहान ६ बजेदेखि लागु हुनेगरी लकडाउन गर्यो । लकडाउन गरेको केहि घन्टामै भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका उच्च स्रोतले जानकारी दिएको छ […]

विश्‍व स्वास्थ्य संगठनले भन्यो – नेपालको प्रयोगशालाको परीक्षण विश्‍वसनीय छ

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोना भाइरसको परीक्षण विश्वसनीय र चित्तबुझ्दो भएको बताएको छ । डब्लूएचओले नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अध्ययन गर्न मार्च १३ देखि २१ सम्म माइक्रोबायोलोजिस्ट डाक्टर जोनाथन एस्क्रोफ्टलाई खटाएको थियो। सोमबार डब्लुएचओले केही सुधारको सिफारिससहित डाक्टर जोनाथनले तया पारेको प्रतिवेदनसहित स्वास्थ्य […]

आजदेखि देशैभरि लक डाउन, सुनासान बन्यो काठमाडाैं

काठमाडाैं । कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले मंगलबार बिहान ६ बजेदेखि देशभरि लक डाउन गरेको छ। आज बिहानैदेखि सार्वजनिक तथा निजी सवारी साधन नचलेपछि सडक खाली भएका छन्। सरकारले घरभित्रै बस्नु भनेकाले सडकमा मानिसहरू देखिएका छैनन्। अत्यावश्यकबाहेक पसल पनि बन्द छन्। सरकारले यो लक डाउन एक सातासम्मका लागि लागू हुने जनाएको छ। आइतबार काठमाडौंमा […]

भाेलीबाट नेपाल पूर्ण लकडाउन, एकसाता घर बाहिर निस्कन नपाइने, सबै गाडी बन्द

काठमाडौ. । सरकारले भोलि मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ । फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि […]

कैलालीमा २ बजेदेखि अनिश्चितकालीन कर्फ्यु

कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार दिउँसो २ बजेपछि अनिश्चितकालीन कर्फ्यू (निषेधाज्ञा) लगाएको छ । जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना जारी नभएसम्म कैलाली जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । निषेधाज्ञा अवधिमा भिडभाड नगर्न सबैलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । सवारी साधन र आवत जावतसमेत पूर्ण रूपमा निषेध […]