चितवन – आइसोलेसनमा राखिएका एक युवकको मृत्यु, कोरोना पुष्टि हुन बाँकी

Machchapuchchre

काठमाडाैं । चीनको वुहानबाट सुरु भई विश्वव्यापी रुपमा फैलिरहेको कोरोना संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारले मंगलबार बिहान ६ बजेदेखि लागु हुनेगरी लकडाउन गर्यो । लकडाउन गरेको केहि घन्टामै भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ ।

उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका उच्च स्रोतले जानकारी दिएको छ । उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो । उनको शव अस्पतालमै राखिएको छ । उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो ।

उनीलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो, तर कोरोना संक्रमण भएनभएको रिपोर्ट आउन बाँकी छ । उनको स्वाबको नमुना सोमबार नै संकलन गरिएको र मंगलबार विहान विमानबाट मात्र पठाइएको अस्पताल स्रोतले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्