कोरोना भाइरस प्रकोप – सबै युद्ध रोक्न संयुक्त राष्ट्रसंघको आह्वान

Machchapuchchre

काठमाडौं । संयुक्त राष्ट्रसंघले कोरोनाभाइरस प्रकोपसँग जुध्न विश्वमा जारी सबै युद्ध रोक्न आह्वान गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरजले कोभिड-१९ राष्ट्रसङ्घको ७५ वर्षे इतिहासकै एक अभूतपूर्व स्वास्थ्य सङ्कट भएको बताउँदै यो जोखिमकाबिरूद्ध लड्न सबै युद्ध रोक्न आवश्यक भएको बताएका छन्।

उनले विश्वका गरिब देशहरू तथा जोखिममा रहेका मानिसहरू सबभन्दा नराम्ररी प्रभावित हुने भन्दै कीर्तिमानस्तरको विश्वव्यापी मन्दी अवश्यम्भावी भएको चेतावनी समेत दिए । उनले विश्व नेताहरूलाई तत्काल र संयोजित प्रतिक्रिया देखाउन एकताबद्ध हुन आह्वान गरेको बीबीसीले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्