लकडाउन प्रभाव – अबकाे एक साता सुनचाँदीको भाउ समेत नतोकिने

Machchapuchchre

काठमाडौं । लकडाउनका कारण सुनचाँदीको बजार भाउ तोक्ने कार्य एक साताका लागि स्थगन भएको छ । लकडाउनका कारण अर्थ नहुने भन्दै मंगलबारदेखि बजार मूल्य तय गर्न स्थगन गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले सरकारको लक डाउन नीतिलाई सघाउन सबै व्यवसाय बन्द गरेको पनि व्यावसायिक मणिकरत्न शाक्यले बताए । सोमबार छापावाल सुन ७७ हजार र ७६ हजार सय रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्