कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाद्वारा घोडेजात्रा सामारोह स्थगित

Machchapuchchre

काठमाडौं । नेपाली सेनाले घोडे जात्र समारोह २०७६ स्थगित गरेको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमको जोखिमलाई मध्यनजर गर्दै सेनाले घोडेजात्रा समारोह स्थगित गर्ने निर्णय गरेको हो ।

हरेक वर्षको चैत्र कृष्णपक्षको औंसीका दिन घोडे जात्रा पर्व मनाउने गरिन्छ । काठमाडौं उपत्यकामा मनाइने ऐतिहासिक पर्वको रुपमा रहेको घोडेजात्राको दिन नेपाली सेनाले समेत विशेष समारोह आयोजना गर्ने गर्छ ।

तर, यस वर्ष सरकारले कोरोना भाइरस संक्रमणको जोखिम कम गर्ने भन्दै मंगलबारदेखि नै देशव्यापी रुपमा निषेधाज्ञा जारी गरेको छ । सेनाले यसअघि औपचारिकता पूरा गर्ने उद्देश्यले सीमित मात्रै व्यक्तिको उपस्थितिमा घोडेजात्रा समारोह सम्पन्न गर्ने तयारी गरेको थियो ।

तर, सरकारले देशव्यापी निषेधाज्ञा जारी गरेपछि समारोह नै स्थगित गरिएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्