जिम्बावेमा कोरोनाबाट ३० वर्षीय टिभी पत्रकारको मृत्यु

Machchapuchchre

काठमाडाैं । जिम्बावेका ३० वर्षीय टिभी पत्रकारको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ। सोमबार ज्यान गुमाएका पत्रकार जोरोरो माकाम्बा त्यहाँको पहिलो कोरोनाभाइरस संक्रमित व्यक्ति रहेको सिएनएनले जनाएको छ।

उनमा कोरोनाको लक्षण देखिएपछि जिम्बावेको राजधानी हारारेको अस्पतालमा उपचारका लागि गत बिहीबार भर्ना गरिएको थियो। उनी केही समयअघि न्युयोर्कमा भएको बेला उनमा कोरोनाभाइरस सरेको अनुमान गरिएको छ।

उनलाई अहिले जिम्बावेको एकमात्रै आइसोलेसनको सेवा रहेको विल्किन्स अस्पतालमा भर्ना गरिएको थियो। उनको गत वर्ष छातीबाट ट्युमर निकालिएको र अन्य रोगबाट पनि उनी ग्रसित रहेका बताइएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्