उपप्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीच भिडिओ कन्फरेन्स सुरू

काठमाडाैं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल र सातै प्रदेशका मुख्यमन्त्रीबीच भिडिओ कन्फरेन्स सुरू भएको छ। उपप्रधानमन्त्री पोखरेल र मुख्यमन्त्रीहरूबीच प्रधानमन्त्री कार्यालयमा रहेको ‘वार-रूम’बाट कुराकानी भएको हो। कुराकानीमा सातै प्रदेशका मुख्यमन्त्री सहभागी रहेको उपप्रधानमन्त्रीका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले बताए। उपप्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीचमा कोरोना रोकथाम र आगामी योजनाबारे छलफल भइरहेको उनले जानकारी दिए।

नेपालमा रहेका ३०५ पर्यटक लिएर फर्कियो कतार एयरलाइन्सको विमान

काठमाडौं । शुक्रबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको कतार एयरलाइन्सको विमान ३०५ जना पर्यटक लिएर फर्किएको छ । नेपालमा रहेका जर्मनसहित अन्य युरोपेली मुलुकका नागरिक लैजना उक्त चाटर्ड विमान काठमाडौं आएको थियो । नेपालमा अलपत्र परेका विभिन्न देशका नागरिकको उद्दारका लागि उक्त विमान विहान काठमाडौंमा अवतरण गरेको थियो ।

विश्वका १९९ देशमा देखियो कोरोनाको संक्रमण, २४ हजार बढीको मृत्यु

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वमा १९९ देशमा पुगेको छ । कोरोनाको संक्रमण भएका २४ हजार ६५ जनाले ज्यान गुमाएका छन् । विश्वमा ५ लाख ३१ हजार ६ सय ३० जना संक्रमित भएका छन् । संक्रमित भएका मध्ये १ लाख २३ हजार ३ सय ९१ जना उपचारपछि घर फर्किएका छन् । […]

दैनिक उपभोग्य वस्तु घरघरमा पुर्‍याउन उद्योगी/व्यवसायीहरुलाई गृहको निर्देशन

काठमाडौँ । सरकारले दैनिक उपभोग्य वस्तु घरघरमा पुर्‍याउन उद्योगी/व्यवसायीहरुलाई निर्देशन दिएको छ । उद्योग वाणिज्य महासंघ, राजधानीमा सञ्चालित सुपरमार्केट, ग्रोसरी तथा अन्य होलसेल पसल सञ्चालकहरुलाई बोलाएर सरकारले उपभोक्ताको मागअनुसार लकडाउन अवधिभर घरघरमा खाद्यवस्तु पुर्‍याउन निर्देशन दिएको हो । गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले बिहीबार उद्योगी/व्यवसायी तथा राजधानीमा सञ्चालित सुपरमार्केट/ग्रोसरी, खाद्य स्टोर तथा […]

इन्डक्सनमा खाना पकाउनुस्, विद्युत महसुलमा २० प्रतिशत छुट हुन्छ – सरकार

काठमाडाैं । सरकारले लकडाउनका बेला खाना पकाउने एलपी ग्यासको सम्भावित अभावलाई मध्यनजर गर्दै विद्युतीय चुल्हो (इन्डक्सन) बाट खाना पकाउँदा विद्युत महसुलमा छुट दिने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले १ सय ५० युनिट विद्युत प्रयोग गर्ने परिवारलाई महसुलमा २० छुट दिने व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ। अहिले पाँच जनाको परिवारले विद्युतको घरायसी […]

कोरोनासँग जुध्न अमेरिकी इतिहासकै ठूलो आर्थिक सहायता प्याकेज सिनेटबाट पारित

न्यूयोर्क । कोरोना भाइरसको महामारीबाट प्रभावित व्यवसाय एवं कामदारलाई सहयोग गर्नका लागि ल्याइएको २ खर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता प्याकेज आमेरिकाको माथिल्लो सदन सिनेटमा सर्वसम्मत पारित भएको छ । रिपब्लिकन र डेमोक्र्याट नेताहरुबीच ५ दिनको सघन बहसपछि २ खर्ब अमेरिकी डलरको आर्थिक सहायता प्याकेजमा सहमति जुटेसँगै सिनेटबाट पारित भएको हो । सिनेटमा यसको पक्षमा […]

मौसममा पश्चिमी वायूको प्रभाव, चट्याङसहित वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । आज देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखामा अनुसार अहिले नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेकाले देशको पश्चिमि भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेकोले चट्याङ्गबाट जोगिन आवश्यक […]

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २१ हजार १९१ पुग्यो, १९८ देशमा संक्रमण

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १९८ देशमा पुगेको छ । फैलँदो संक्रमणसहित मृतकको संख्या पनि बढिरहेको छ । अहिलेसम्म कोरोना भाइरसकै संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ हजार १ सय ९१ पुगेको छ । त्यस्तै ४ लाख ६८ हजार ६ सय ६६ जनामा संक्रमण भएको पुष्टि भएको छ । कोरोनाको संक्रमण […]

इटलीमा अनावश्यक घरबाहिर निस्किए ४ लाख रुपैयाँ जरिबाना

काठमाडाैं । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलिने क्रम बढेसँगै इटली सरकारले थप कडाइ गरेको छ । मङ्गलबार राति देशको नाममा सम्बोधन गर्दै इटलीका प्रधानमन्त्री जिजेज्पी कोन्टेले बुधबारदेखि बिना कारण घरबाहिर निस्किनेले तीन हजार युरो जरिबाना तिर्नुपर्ने बताएका छन् । यो रकम तीन लाख ९७ हजार तीन सय ३८ नेपाली रुपैयाँ हुन आउँछ । […]

नेपालमा फेरी अर्को १ जनामा भेटियो कोरोनाको संक्रमण

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को फेरी १ जना नयाँ संक्रमित देखिएको छ। यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको नमुना परीक्षण गर्दा अर्का एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको जनाएको छ । नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को […]