मौसममा पश्चिमी वायूको प्रभाव, चट्याङसहित वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

Machchapuchchre

काठमाडौं । आज देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखामा अनुसार अहिले नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेकाले देशको पश्चिमि भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ।

देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेकोले चट्याङ्गबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र १३ गते (बिहिबार)

दिउँसोः देशको पश्चिमि भू-भाग लगायत मध्य र पूर्वी पहाडि भु-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा देखि आंशिक बदलि हुने देखिन्छ। पहाडी भू-भागका एक दुइ स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।

रातिः देशको पश्चिमि भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलि हुने देखिन्छ। पश्चिमि भू-भागका थोरै स्थानहरुमा र पुर्वका एक दुइ स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

चैत्र १४ गते (शुक्रबार)

दिउँसोः देशको पश्चिमि भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदलि रहनेछ। पश्चिमि भू-भागका केहि स्थानहरुमा र मध्य र पुर्वका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ। हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

रातिः देशको पश्चिमि र मध्य भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदलि रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ। हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

चैत्र १५ गते (शनिबार)

दिउँसोः देशको पहाडि भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा देखि हुने देखिन्छ। पहाडी भू-भागका एक दुइ स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ । रातिः देशको पहाडि भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा देखि हुने देखिन्छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्