विश्वका १९९ देशमा देखियो कोरोनाको संक्रमण, २४ हजार बढीको मृत्यु

Machchapuchchre

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वमा १९९ देशमा पुगेको छ । कोरोनाको संक्रमण भएका २४ हजार ६५ जनाले ज्यान गुमाएका छन् । विश्वमा ५ लाख ३१ हजार ६ सय ३० जना संक्रमित भएका छन् ।

संक्रमित भएका मध्ये १ लाख २३ हजार ३ सय ९१ जना उपचारपछि घर फर्किएका छन् । कोरोना भाइरसका संक्रमित चीनमा भन्दा अमेरिकामा देखिएका छन् । अमेरिकामा एकै दिन १५ हजार भन्दा बढीमा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ८३ हजार ६ सय ७२ पुगेको छ ।

संक्रमित हुनेको यो संख्या चीनको भन्दा २३ सय ८७ ले बढी हो । चीनमा ८१ हजार २ सय ८५ मा संक्रमण देखिएका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा थप १ सय ८२ जनाको मृत्यु भएसँगै मृतकको संख्या पनि १२ सय ९ पुगेको छ ।

उपचारारत ८० हजार ५ सय ९९ मध्ये २१ सय २२ जनाको अवस्था गम्भीर रहेकाले अमेरिकामा कोरोना भाइरसकै कारण मृत्यु हुनेको संख्या बढ्ने सक्ने अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरसको संक्रमण रोक्ने अनेकौं उपाय अपनाइरहँदा पनि अमेरिकामा संक्रमण फैलने क्रम तीव्र भएको छ ।

त्यसपछि इटालीमा धेरै संक्रमित छन् । पछिल्लो २४ घण्टामा ६ हजार २०३ जना संक्रमित थपिएसँगै इटालीमा ८० हजार २ सय ८५ संक्रमित छन् । ८ हजार २ सय १५ जनाले ज्यान गुमाइसकेका छन् । स्पेनमा संक्रमितको संख्या ५७ हजार ७ सय ८६ पुगेको छ । ४ हजार ३ सय ६५ ले ज्यान गुमाएका छन् ।

जर्मनीमा पनि संक्रमितको संख्या बढ्दो छ । ६ हजार ६ सय १५ संक्रमित थपिएसँगै जर्मनमीमा कोरोना भाइरस संक्रमितको संख्या ४३ हजार ९ सय ३८ पुगेको छ । अहिलेसम्म जर्मनीमा २ सय ६७ जनाले ज्यान गुमाएका छन् ।

इरानमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार २ सय ३४ पुगेको छ भने २९ हजार ४०६ मा संक्रमण देखिएको छ । फ्रान्समा पनि १ हजार ६ सय ९६ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या २९ हजार १५५ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्