अझै एक साता लम्बियो लकडाउन, २५ गते मध्यरातिसम्म हिडडुलमा प्रतिबन्ध

काठमाडौं । सरकारले लकडाउनको समायावधि सात दिन थपेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ७ दिन लकडाउन बढाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडान कम्तिमा एक हप्ता बढाउन गरेको प्रस्तावमा मन्त्रीपरिषद्ले अनुमोदन गरेको हो । तर […]

दुबईबाट आएर कोरोना विशेष अस्पतालमा उपचाररत एक युवाको मृत्यु

काठमाडौँ । विश्वभर तहल्का मच्चाईरहेको कोरोनाको कारण नेपाल पनि अस्तव्यस्त बनेका बेला रुपन्देहीको कोरोना भाइरस उपचार विशेष अस्पतालमा एक युवकको मृत्यु भएको छ । सैनामैना नगरपालिकाका ३४ वर्षीय बाबुराम थापाको आइतबार मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिए। थापा चैत ६ गते दुबईबाट फर्किएका थिए। उनलाई उतैबाट आउँदा ज्वरो आएको […]

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन लम्ब्याउने तयारी

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन कम्तीमा एक साता लम्ब्याउने तयारी गरेको छ । नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै गत सोमबार उच्चस्तरीय समन्वय समितिले मंगलबार विहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो । यो लकडाउन चैत १८ गते विहान ६ बजेसम्म […]

चीनबाट कोरोनाविरुद्धको स्वास्थ्य सामग्री लिएर काठमाडौँ आइपुग्यो नेपाल एयरलाइन्सको विमान

काठमाडौं । कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री चीनबाट लिएर नेपाल एयरलाइन्सको हवाईजहाज काठमाडौं आइपुगेको छ । नेपाल एयरलाइन्सका अनुसार चीन गएको जहाज आइतबार बिहान साढे पाँच बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । कोरोना परीक्षण किट, स्वास्थ्यकर्मीहरुले सुरक्षाका लागि लगाउने विशेष प्रकारको पोशाक पीपीई लगायतका सामग्री लिएर वाइडबडी जहाज काठमाडौं आएको […]

काेराेनाकाे कहर – स्पेनमा एकै दिन ८ सय ३२ जनाको मृत्यु, २४ घण्टामा ८ हजार १८९ नयाँ संक्रमित थपिए

बार्सिलोना । स्पेनमा कोरोना भाइरस (कोभिड-१९) का कारण पछिल्लो २४ घण्टामा आठ सय ३२ जनाको मृत्यु भएको छ । यो भाइरसका कारण स्पेनमा एकै दिनमा मृत्यु भएको अहिलेसम्मकै धेरै हो । शनिबार मध्यान्हसम्म ५ हजार छ सय ९४ जनाको मृत्यु भएको स्पेनको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। कुल संक्रमितको संख्या ७२ हजार दुई ४८ पुगेको […]

घरभित्रै बसेर महामारीविरुद्धको लडाई‌ं जित्न सरकारलाई साथ दिन प्रचण्डकाे आह्वान

काठमाडौं । देश लकडाउनमा गएकाे पाचाैं दिन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घरभित्रै बसेर कोरोना भाइरस (कोभिड १९) महामारीविरुद्धको लडाई‌ं जित्न सरकारलाई साथ दिन आह्वान गरेका छन् । शनिबार प्रचण्डले भिडियो सन्देशमार्फत् जनतालाई घरमै बस्न र सुरक्षित रहन आग्रह गरेका हुन् । अध्यक्ष प्रचण्डले सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्न आग्रह […]

कतार एयरवेजका दुई जहाजले ६०८ जना यात्रु लिएर जाँदै

काठमाडाैं । कतार एयरवेजका दुई जहाजले आज ६०८ जना यात्रु लिएर जाँदै छन्। दोहाबाट आएका कतारका दुई वाइड बडी जहाजले ३०४/ ३०४ यात्रु लिएर जान लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। उनका अनुसार एउटा जहाजले ३०४ यात्रु लिएर गइसक्यो भने अर्कोले भने लाने तयारी गर्दैछ। क्षेत्रीका अनुसार कतारका दुई जहाज उताबाट […]

अमेरिकामा १७ सय बढीको मृत्यु, एक लाख भन्दा धेरै संक्रमित

काठमाडौं । कोरोना भाइरसका सबै भन्दा बढी संक्रमित देखिएको अमेरिकामा मृतकको संख्या पनि अस्वाभाविक तवरले बढेको छ । एकैदिन ४ सय भन्दा बढीको मृत्यु भएपछि अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १७ सय ४ पुगेको छ । उपचारारत २५ सय मानिस सिकिस्त रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । […]

विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २७ हजार ३ सय पुग्यो, कति छन् संक्रमित ?

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट २७ हजार ३ सय ४१ पुगेको छ । कोरोनाबाट ५ लाख ९६ हजार २१ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १ लाख ३३ हजार ५७ जना उपचारपछि घर फर्किएका छन् । कोरोनाको संक्रमण विश्वमा १९९ देशमा पुगेको छ । अहिले कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा […]

पर्सा निकुञ्जमा तस्कर र सुरक्षाकर्मीबीच गोली हानाहान, एक जनाको मृत्यु

काठमाडौं । पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु चोरी तस्करी समूह र निकुञ्ज सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबीच शुक्रबार गोली हानाहान भएको छ । गोली हानाहानका क्रममा निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाले चलाएको गोली लागेर शिकारी समूहका एक जनाको मृत्यु भएको छ । घटनामा नेपाली सेनाका जमदार मिनबहादुर छन्त्याल घाइते भएका छन् । निकुञ्जको मुख्य क्षेत्रमा करिब ११ जनाको […]