कतार एयरवेजका दुई जहाजले ६०८ जना यात्रु लिएर जाँदै

Machchapuchchre

काठमाडाैं । कतार एयरवेजका दुई जहाजले आज ६०८ जना यात्रु लिएर जाँदै छन्। दोहाबाट आएका कतारका दुई वाइड बडी जहाजले ३०४/ ३०४ यात्रु लिएर जान लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

उनका अनुसार एउटा जहाजले ३०४ यात्रु लिएर गइसक्यो भने अर्कोले भने लाने तयारी गर्दैछ। क्षेत्रीका अनुसार कतारका दुई जहाज उताबाट खाली आएका थिए। जर्मन दूतावासको पहलमा युरोपेली नागरिकलाई लिनको लागि काठमाडौंमा विशेष उडान अनुमति माग गरिएको थियो।

शुक्रबार पनि कतार एयरको जहाजले ३०४ जना यात्रु लिएर गएको थियो। पोखरा तथा लुक्ला क्षेत्रबाट विदेशी पर्यटकलाई जहाजबाट काठमाडौं ल्याउने क्रम जारी छ। विभिन्न देशहरूले आफ्ना नागरिकलाई स्वदेश फर्काउन उडान अनुमतिका लागि पराराष्ट्र, पर्यटन र गृह मन्त्रालयमा अनुमति माग गरिरहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्