काठमाडौंबाट गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा

Machchapuchchre

काठमाडौं । काठमाडौंबाट गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेको छ ।

कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको वाइ १२ जहाज अवतरणका क्रममा समस्या आएर रनवे नजिकै चिप्लिएर घाँसे मैदानमा पुगेको नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दिपु ज्वार्चनले जानकारी दिए ।

‘ल्यान्ड गर्दा धावनमार्ग भन्दा अलिकति अगाडि गयो, तर, जहाज रोकिइसकेका कारण कुनै दुर्घटना भएन’ उनले भने । घटनामा मानवीय क्षति भएको छैन, विमानमा सामान्य क्षति भएको छ ।

अब नेपालगञ्जमा कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन अर्को विमान जानेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणकचा महानिर्देशक राजन पोखरेलले उक्त विमान प्राविधिक टोलीले मर्मत गरेपछि मात्र उड्ने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्