कोरोना नियन्त्रणका लागि टोली पठाउने भारतको प्रस्ताव, के भन्छन परराष्ट्रमन्त्री ज्ञवाली ?

RBB

काठमाडौं । भारतले कोरोना (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई सहयोग गर्न प्रस्ताव गरेको छ । भारतको सशस्त्र बल चिकित्सा सेवा (एफएमएस) का महानिर्देशक लेफ्टिनेन्ट जनरल अनुप बेनर्जीले शुक्रबार नेपाललाई सहयोग गर्न तयार रहेको बताएका हुन् ।

बेनर्जीलाई उदृत गर्दै द हिन्दुले लेखेको छ, ‘कोरोना नियन्त्रणका लागि छिमेकी मुलुकलाई सहयोग गर्ने प्रयास स्वरुप भारत र्‍यापिड रेस्पोन्स टिम (आरआरटी) नेपालमा पठाउन तयार छ ।’ छिमेकी देशहरुमा आवश्यकताअनुसार पूर्वाधार विकास र दक्ष जनशक्ति पनि सहयोग गर्न सकिने उनले उल्लेख गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि सहयोग प्रस्ताव आएको स्वीकार गरे । तर नेपाललाई अहिले आरआरटीभन्दा पनि उपचारका लागि स्वास्थ्य उपकरण आवश्यक भएको बताएका छन् ।

अहिले नेपालमा संक्रमितहरुको स्क्रिनिङ गर्ने क्रममै रहेकाले उपचारको टिमभन्दा पनि अत्यावश्यक सुरक्षा सामाग्री र उपकरणहरु आवश्यक रहेको सरकारले बताएको छ । त्यसका लागि आजै नेपाल वायु सेवा निगमको एउटा विमान चीन जाँदैछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्