अमेरिकामा १७ सय बढीको मृत्यु, एक लाख भन्दा धेरै संक्रमित

Machchapuchchre

काठमाडौं । कोरोना भाइरसका सबै भन्दा बढी संक्रमित देखिएको अमेरिकामा मृतकको संख्या पनि अस्वाभाविक तवरले बढेको छ । एकैदिन ४ सय भन्दा बढीको मृत्यु भएपछि अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १७ सय ४ पुगेको छ ।

उपचारारत २५ सय मानिस सिकिस्त रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । शुक्रबार थप १८ हजार ७ सय मानिसहरुमा संक्रमण देखिएपछि संक्रमितको संख्या १ लाख ४ हजार नाघेको छ ।

संक्रमितको संख्या बढ्दै जाँदा कोरोना भाइरसको केन्द्र अब अमेरिका हुन सक्ने डब्लूएचओको आकलन सत्य नजिक पुगेको छ । सबै राज्यमा कोरोना भाइरस देखिएपछि अनिश्चितकालिन राष्ट्रिय संकटकालमा रहेको अमेरिकाले अन्तराष्ट्रिय उडान बन्द गरेर मुलुकलाई लकडाउनको अवस्थामा राखेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्