शनिबार पनि बिहानैदेखि पर्यटकको उद्दार सुरु, कतारबाट दुई विमान आउँदै

Machchapuchchre

काठमाडौं । लकडाउनका कारण विभिन्न पर्यटकीय गन्तव्यमा रोकिएका पर्यटकको शनिबार पनि उद्दार हुँदैछ । पर्यटकलाई काठमाडौं ल्याउन नेपाल एयरलाइन्सको ट्वीनअर्टर विमानले सोलुखुम्बुको लुक्लामा शनिबार पाँच उडान गर्दैछ ।

पर्यटक लिन दुईवटा ट्वीनअर्टर जहाज शनिबार बिहानै लुक्ला पुगिसकेका छन् । पर्यटकको उद्दारका लागि तारा एयरले पनि लुक्लाबाट तीन र समिट एयरले एउटा उडान भर्नेछ । पोखराबाट पनि शनिबार तीनवटा उडान हुनेछ ।

युरोपेली देशले नेपालमा रोकिएका आफ्ना नागरिक उद्दारका लागि विमान पठाइरहेका छन् । नेपालमा रोकिएका पर्यटक लिन जर्मनी र फ्रान्सले शनिबार कतार एयरलाइन्सका दुई विमान नेपाल पठाउँदैछ । करिब ३५० जना जर्मन पर्यटक लिन कतारबाट विमान आउने तय भएको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ ।

फ्रान्सेली पर्यटक लिन आइतबार कतार एयरलाइन्सकै विमान काठमाडौं आउने स्रोतको भनाई छ । शुक्रबार जर्मनीले त्रिभुवन विमानस्थलबाट आफ्ना नागरिक कतार एयरलाइन्समार्फत् लगेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्