चीनबाट कोरोनाविरुद्धको स्वास्थ्य सामग्री लिएर काठमाडौँ आइपुग्यो नेपाल एयरलाइन्सको विमान

Machchapuchchre

काठमाडौं । कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री चीनबाट लिएर नेपाल एयरलाइन्सको हवाईजहाज काठमाडौं आइपुगेको छ । नेपाल एयरलाइन्सका अनुसार चीन गएको जहाज आइतबार बिहान साढे पाँच बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

कोरोना परीक्षण किट, स्वास्थ्यकर्मीहरुले सुरक्षाका लागि लगाउने विशेष प्रकारको पोशाक पीपीई लगायतका सामग्री लिएर वाइडबडी जहाज काठमाडौं आएको एयरलाइन्सले जनाएको छ । ती सामग्री लिन शनिबार मध्याह्न वाइबडी चार्टर विमान ग्वाङ्झाओ गएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्