साल्ट ट्रेडिङकाे दावी : खाद्यान्न अभाव छैन, आत्तिनु पर्दैन

Machchapuchchre

काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम कम गराउन सरकारले देशव्यापी रूपमा लकडाउन गरेको पाँचौं दिन कटिसकेको छ । बजारमा खाद्यन्नका सामग्री बेच्ने पसलहरू फाटफुट खुलेका छन् । सरकारले अत्यावश्यक वस्तु बिक्रिवितरण गर्न रोक लगाएको छैन, तैपनि खाद्यन्न र तरकारी लगायतका वस्तु बेच्ने धेरै पसल बन्द छन् ।

व्यापारीहरूमा कोरोना भाइरस संक्रमणको त्रासका कारण पसलहरू खुलेका छैनन् । काठमाडौंका मुख्य र भित्री सडकका अधिकांश पसल बन्द छन् । अहिले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले उपभोक्ताको हितलाई ध्यानामा राखेर विभिन्न ठाउँमा आउलेट खोलेर खाद्य सामग्री बिक्री गरिरहेको छ ।

खाद्यन्नका सामग्रीहरू केही महिनाका लागि पुग्ने गरी राखिएकाले सर्वसाधरणलाई नआत्तिन साल्ट ट्रेडिङका निर्देशक ब्रजेस कुमार झाले आग्रह समेत गरे । झाले उपभोग्य सामग्रीहरू बजारमा सजिलै उपलब्ध भएकाले घरमा ‘गोदाम नबनाउन’ उपभोक्तालाई आग्रह गरेका छन् ।

‘नुन १० महिनाको लागि पुग्ने छ’ उनले भने, ‘चिनी १० हजार मेट्रिक टन छ, ।’ खाद्यन्नमा अहिले कुनै पनि समस्या नहुने झाको भनाइ छ । ‘मंसिरमा धान भित्रिएको छ, रहर, मुसुरो, चना, केराउ लगायतका दाल र गहुँ भित्रिने बेला भइसक्यो’ उनले भने, ‘गाउँघरमा अन्नको समस्या हुँदैन र शहरमा पनि आपूर्ति गर्न सकिन्छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्