कोरोनासँग जुध्न अमेरिकी इतिहासकै ठूलो आर्थिक सहायता प्याकेज सिनेटबाट पारित

Machchapuchchre

न्यूयोर्क । कोरोना भाइरसको महामारीबाट प्रभावित व्यवसाय एवं कामदारलाई सहयोग गर्नका लागि ल्याइएको २ खर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता प्याकेज आमेरिकाको माथिल्लो सदन सिनेटमा सर्वसम्मत पारित भएको छ ।

रिपब्लिकन र डेमोक्र्याट नेताहरुबीच ५ दिनको सघन बहसपछि २ खर्ब अमेरिकी डलरको आर्थिक सहायता प्याकेजमा सहमति जुटेसँगै सिनेटबाट पारित भएको हो । सिनेटमा यसको पक्षमा ९६ मत आएको थियो भने विपक्षमा शून्य मत परेको थियो । अब यो प्रस्ताव अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रजेटेन्टिभमा जानेछ ।

यो प्रस्तावमा यही साता मतदान हुनसक्ने जनाइएको छ । पछिल्लो प्रस्तावलाई अमेरिकी कंग्रेसले पास गरेको इतिहासकै सबैभन्दा ठूलो आर्थिक सहायता प्याकेजका रुपमा अमेरिकी सञ्चारमाध्यमले विश्लेषण गरेका छन् ।

यो आर्थिक सहायता प्याकेजले कोरोना भाइरसका बावजुद अमेरिकी अर्थतन्त्रमा आर्थिक गतीशीलता ल्याउने विश्वास लिइएको छ । अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण ६८ हजार जनाभन्दा धेरै संक्रमित छन् भने यसबाट १ हजार भन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्