कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८ हजार ८ सय पुग्यो, १९७ देशमा संक्रमण

Machchapuchchre

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ हजार ८ सय १० पुगेको छ ।४ लाख २१ हजार ३ सय ६७ मा संक्रमण फैलिएको छ । संक्रमण फैलिएका मध्ये १ लाख ८ हजार ३ सय ८८ स्वास्थ्यलाभ गरी अस्पतालबाट फर्किएका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको महामारी अहिले विश्वका १९७ देशमा पुगेको छ । वितेको २४ घण्टामा महामारी फैलिएको चीनमा नयाँ संक्रमण र मृत्यु देखिएको छैन । चीनमा अहिलेसम्म ३ हजार २ सय ७७ ले ज्यान गुमाएका छन् भने ८१ हजार १ सय ७१ जना संक्रमित छन् । जसमध्ये ७१ हजार १ सय ५९ उपचारपछि घर फर्किएका छन् ।

यो २४ घण्टामा सबैभन्दा बढी संक्रमण अमेरिकामा फैलिएको छ भने सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ । इटालीमा ७ सय ४३ को यो २४ घण्टामा मृत्इु भएको छ । कोरोनाकै कारण इटालीमा मृत्यु हुनेको संख्या ६ हजार ८ सय २० पुगेको छ ।

त्यस्तै अमेरिकामा ६ सय ९८ जनाले ज्यान गुमाएका छन् । २४ घण्टाको अवधिमा ९ हजार ८ सय ७५ मा नयाँ संक्रमणदेखिएपछि संक्रमितको संख्या ५३ हजार ६ सय ९ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्