शंका लागे नियन्त्रण गरिने ( आजको पत्रपत्रिका)

Machchapuchchre

अर्थ राजनीति । कोरोना त्रास र त्यसबाट उत्पन्न भएको समस्याको विषयमा सबै दैनिक पत्रिकाहरू केन्द्रित भएर खबर छापेका छन् ।

‘नाकाहरूमा जोखिपूर्ण आवागमन’ शीर्षकमा कान्तिपुरले मुख्य समाचार बनाएको छ । भारतमा संक्रमण विस्तारसँगै घर फर्कंने नेपालीको संख्या बढेकाले कतिपय नाकामा स्वास्थ्य जाँच त परै, भीड नियन्त्रण गर्नसमेत मुस्किल भएको छ । मुख्य नाकामा हेल्थ डेस्क राखिए पनि साना नाकाबाट आवागमन निर्बाध छ ।’सिल्क एयरको विमान जबर्जस्ती ओर्लिएकोदेखि कोरोनाबाट बेलायतमा भूतपूर्व गोर्खाको मृत्यु भएकासम्मका खबर कान्तिपुरमा छन् ।

अन्नपूर्णले पनि सीमा नाकाहरूबाट भइरहेको आवागमनबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार, सीमा नाकाबाट असुरक्षित तरिकाले हूलका हूल नेपाली घरतर्फ आइरहेका छन् । साथै कोरोनाले गर्दा विरगन्मा कडाइ गरिएको समाचार छापेको छ ।

गोरखापत्रले शंका लागे नियन्त्रण गरिने भनेर मुख्य समाचार लेखेको छ । कोरोनाले गर्दा शिर्ष नेता ‘सेल्फ आइसोलेस्नमा’ भनेर खबर छापेको छ । त्यसै गरि अब घरको जिम्मेवारी महिलाको काधमा आएको खबर लेखेको छ ।

नागरिक दैनिकले पारिबाट आउनेको लर्को र क्वारेन्टाइनमा नराख्दा जोखिमको उच्च सम्भावना हुन्छ भन्दै मुख्य समाचार छापेको छ । चिसंग मेडिकल सहयोगको माग भन्ने विषयमा नि खबर लेखेको छ । त्यसै गरि मानिस लरखराउदा भाइरस बौरिन्छ भनेर खबर छापेको छ ।

नयाँ पत्रिकाले के छ परदेशीको स्थिति भन्दै मुख्य समाचार बनाएको छ । भारतसंगको नाका के हुन्छ भन्ने विषयमा नि खबर छापेको छ । त्यसै गरि सोमबारदेखि सबैखाले यात्रुवाहक साधन उपत्यकाबाट बाहिरिन र भित्रिन सरकारले रोक लागेको खबर लेखेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्