डिजिटल कारोबार गर्न सुझाव

Machchapuchchre

अर्थ राजनीति । बैंक तथा वित्तीय संस्थाहरु भने चाहि बन्द नहुने भएका छन र बैंकिङ सेवा नियमित सुचारु  गर्ने भएका छन् । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरु सबैले सबै शाखा कार्यालयहरुका काउन्टर सुचारु राख्ने भएका हुन् । अत्यावश्यक सेवामा पर्ने भएकाले बैंक तथा वित्तीय संस्थाका सबै कार्यालयहरु खुला रहने जानकारी छ । बैंकका सबै कार्यालयहरु खुल्लै रहेपनि डिजिटल कारोबार चलाउने जानकरी छ ।

‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक, ‘ग’ वर्गका वित्त कम्पनीहरुको बैंठक बसी जुनसुकै बैंकको एटिएम कार्डले जुनसुकै एटीएमबाट रकम झिक्दा पनि पैसा नलाग्ने बनाएका छन् । साथै डिजिटल कारोबार गर्दा पनि रकम नलाग्ने बनाएका छन् । अब इन्टरनेट बैंकिङबाट रकम ट्रान्सफर गर्दा सेवा शुल्क लाग्ने छैन । यसकारण पनि बैंकको शाखामा पुगेर भन्दा घरमै बसेर कारोबार गर्न संघको आग्रह छ । यद्यपि, शाखामै पुगेर कारोबार गर्नेहरुका लागि आवश्यक सुरक्षा सावधानी भने अपनाइएको बताइएको छ ।

 

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्