कोरोना भाइरसबिरुद्ध लड्न डब्लूएचओले दियो ५ उपाय

काठमाडौं । कोरानो भाइरस(कोभिड -१९) ले विश्व आक्रान्त छ । संसारभर महामारी फैलिरहँदा यसबाट बच्न अनेकौं उपायको खोजिहरु भइरहेका छन् । मानिसहरुको जनजीवन अस्तव्यस्त भएका छन् । मानव जीवनकै अस्तित्व संकटमा पार्न खोजिरहेको यस भाइरबाट बच्न डब्लूएचओले व्यक्तिगत तवरबाट गर्न सकिने केही सुझाव दिएको छ । विश्व स्वास्थ्य संगठनले शुक्रबार राती गरेको नियमित पत्रकार सम्मेलनमा कोभिड […]

आजदेखि सबै अन्तर्राष्ट्रिय उडान स्थगित, भोलिदेखि सार्वजनिक सवारीसाधन ठप्प

कोरोना भाइरस संक्रमणको महामारी रोक्ने अभियानअन्तर्गत सरकारले आज आइतबार देखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणका सन्दर्भमा राष्ट्रका नाममा गरेका सम्बोधनअनुसार सरकारले आज अर्थात् चैत ९ गतेदेखि १८ गतेसम्मका लागि नेपालमा अन्तर्राष्ट्रिय हवाई उडान स्थगन गरेको हो । तर आन्तरिक अर्थात् देशभित्रैका हवाई उडान भने हुनेछन् । नेपालबाट […]

कोरोना भाइरसको त्रासले शेयर बजारसमेत प्रभावित, ८ अर्बको कारोबार

काठमाडौं । कोरोना भाइरसको त्रासले शेयर बजारसमेत प्रभावित भएको छ । सोही कारण नेप्सेमा चरम उतारचढावसमेत देखा परेका छन् । यस साता लगानीकर्तामा पनि एक प्रकारको नकारात्मक अवस्था देखा पर्‍यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल १७४ कम्पनीका कूल दुई करोड २७ लाख १९ हजार १२२ कित्ता शेयर रु आठ करोड २६ लाख ९५ […]

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय नाघ्यो, २ लाख ७५ हजार संक्रमित

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८३ पुगेको छ । एकै दिन १३ सय ५२ जनाको मृत्यु भएपछि मृतकको संख्या ११ हजार ३ सय भन्दा बढी पुगेको हो । संक्रमित हुने मानिसको संख्या पनि बढ्दो छ । पछिल्लो २४ घण्टामा अरु ३० हजार २५६ जनामा कोरोनाको संक्रमण देखिएको छ […]

कोरोनाबाट इटलीमा एकैदिन ६२७ जनाको मृत्यु, ३७ हजार ८ सय ६० जना संक्रमित

काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट एकै दिन ६२७ जनाको मृत्यु भएको छ । इटलीमा एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो । यससँगै इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ । इटलीमा कोरोनाबाट ३७ हजार ८ सय ६० जना संक्रमित छन् भने तीमध्ये २ हजार ६ सय ५५ […]

यस्तो छ प्रधानमन्त्री ओलीले देशवासीका नाममा गरेको सम्बोधनको पूर्ण पाठसहित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसका कारण कोही पनि आतंकित नबन्न आग्रह गरेका छन् । कोरोना भाइरसको जोखिमका विषयमा आज देशबासीका नाममा विषेश सम्बोध गर्दै प्रधानमन्त्री ओलीले कोरोनाका कारण आतंकित नबन्न आह्वान गरेका हुन् । उनले आफ्नो आनीवानी परिवर्तन गर्न आह्वान समेत गरे । सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,‘ हामीसँग त्यसबाहेक अरु विकल्प […]

नेपाल ‘ग्रिनजोन’मा पर्ने एकमात्र मुलुक

अर्थ राजनीति । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका एक सय ५२ मुलुकमा देखिसकेको छ । कोरोना भाइरसको संक्रमणबाट त्रसित भएकाले ती मुलुकलाई ‘रेडजोन’को कोटिमा राखिएको छ । विश्वमा रहेका ६१ प्रशासनिक क्षेत्रमध्ये कोरोना भाइरसको संक्रमण देखिएका २६ प्रशासनिक क्षेत्र पनि ‘रेडजोन’मा परेका छन् । कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ४२ मुलुक मुक्त छन् । […]

भारतमा आइतबार जनता कर्फ्यु

अर्थ राजनीति । भारतको प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २२ तारिक आइतबार बिहान ७ बजे देखि बेलुकी ६ बजेसम्म जनता कर्फ्यु गर्ने घोषणा गरेका छन । त्यो दिन उनले घरबाट कोहि पनि बाहिर ननिस्किन आग्रह गरेका छन । मोदीले कोरोना भाइरसको माहामारी रोक्न जनता कर्फ्युलाई सफल बनाउन अनुरोध गरेका छन । त्यस दिन साझ ५ बजे […]

करोनको संक्रमणले गर्दा नेपाल आउन प्रतिबन्ध

अर्थ राजनीति । कोरोनको संक्रमणको कारण सरकारले नेपाल आउन  प्रतिबन्ध गरेको छ । सरकारले यूरोप, पश्चिम एसिया, खाडीसँगै, इरान, मलेसिया, दक्षिण कोरिया, जापानबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । यो प्रतिबन्ध आज शुक्रबार मध्यरातबाट लागू हुँदैछ । अब प्रतिबन्धित गरेको देशका नागरिक मात्र होइन, त्यहाँ रहेका नेपाली, गैरआवासीय नेपाली कोही पनि कोरोना भाइरसको […]

निर्भया सामूहिक बलात्कारमा संलग्न चारै जनालाई भारतमा मृत्युदण्ड

काठमाडौं । बहुचर्चित निर्भया सामूहिक बलात्कार काण्डका ४ दोषीलाई भारतमा मृत्युदण्ड दिइएको छ । सामूहिक बलात्कारमा संलग्न अक्षयकुमार सिंह, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाइ दिल्लीको तिहाड जेलमा शुक्रबार बिहान ५ः३० बजे मृत्युदण्ड दिइएको हो । यसअघि अदालतले फाँसी दिन दिएको आदेशविरुद्ध एक अभियुक्तले त्यहाँको सर्वोच्च अदालतमा अपिल गरेका थिए । सर्वोच्चले आममाफी दिन […]