कोरोना भाइरसबिरुद्ध लड्न डब्लूएचओले दियो ५ उपाय

Machchapuchchre

काठमाडौं । कोरानो भाइरस(कोभिड -१९) ले विश्व आक्रान्त छ । संसारभर महामारी फैलिरहँदा यसबाट बच्न अनेकौं उपायको खोजिहरु भइरहेका छन् । मानिसहरुको जनजीवन अस्तव्यस्त भएका छन् । मानव जीवनकै अस्तित्व संकटमा पार्न खोजिरहेको यस भाइरबाट बच्न डब्लूएचओले व्यक्तिगत तवरबाट गर्न सकिने केही सुझाव दिएको छ ।

विश्व स्वास्थ्य संगठनले शुक्रबार राती गरेको नियमित पत्रकार सम्मेलनमा कोभिड विरुद्ध व्यक्तिले कसरी लड्ने भनेर विभिन्न ५ टिप्स दिएको छ । डव्लुएचओका प्रमुख डा अधानोम टेड्रोसले भनेका ५ उपाय यस्ता छन् ।

१. स्वस्थ र पौष्टिक आहार खानुहोस्। जसले तपाईँको रोग प्रतिरक्षा प्रणालीलाई ठीकसंग कार्य गर्न सहयोग गर्दछ ।

२. मदिराज्य पदार्थको सेवनलाई सीमितमा राख्नुहोस् । गुलिया पेय पदार्थहरु नलिनुहोस् ।

३. धूमपान नगर्नुहोस् । यदि तपाईँ कोरोना भाइरस ( कोभिड१९)बाट संक्रमित हुनु भयो भने धूम्रपानले गम्भीर रोगको जोखिम बढाउन् सक्छ ।

४. शारीरिक व्यायम गर्नुहोस् । विश्व स्वास्थ्य संगठनको मापदण्डले भने झैँ बयस्कहरुले दैनिक कम्तिमा ३० मिनेट र बच्चाहरुलाई दैनिक १ घण्टा शारीरिक व्यायम गर्न गराउनुहोस् ।

यदि तपाईँलाई यो बेला नियमक निकायले अनुमति दिएको छ भने बाहिर पैदल यात्रा गर्नुहोस, दौडनु होस, सवारीमा समेत जानुहोस तर अरुसंगको दूरी राख्नुहोस । यदि तपाईँ घरभित्रै लकडाउन अर्थात बाहिर निस्कन सक्ने अवस्था छैन् भने व्यायम गर्नुहोस्, नाच्नुहोस्। योगा गर्नुहोस् ।

घरमै बस्नु भएको छ काम गरिराख्नु भएको छ भने लामो समय एउटै आसनमा नरहनुहोस् । तपाईँले कम्तिमा हरेक ३० मिनेटमा ब्रेक लिनुहोस् । घरमा कसरी स्वस्थ रहेर बस्ने भन्ने बारेमा हामी आउने दिनमा पनि सल्लाह दिनेछौँ ।

५. तपाँईको मानसिक स्वास्थ्यमा ख्याल गर्नुहोस् । यो संकटको बेला तनाव अलमल र डराउनु सामान्य कुरा हो । यस्तो बेलामा तपाईँले आफ्ना चिनजान र विश्वासिला व्यक्तिसंग कुरा गर्नुहोस् । संगीत सुन्नुहोस, किताब पढनुहोस् अथवा गेम खेल्नुहोस् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्