कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३ हजार नाघ्यो

Machchapuchchre

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमणका कारण अहिलेसम्म विश्वभर ज्यान गुमाउनेको संख्या १३ हजार नाघेको छ । सङ्क्रमित ३ लाख ६ हजार ६ सय ७७ मध्ये अहिलेसम्म १३ हजार १७ जनाको ज्यान गएको छ । ९४ हजार ७ सय ९८ जना उपचारपछि घर फर्किएका छन्।

सबैभन्दा धेरै इटलीमा ४ हजार ८ सय २५ जनाको ज्यान गएको छ । इटलीमा सङ्क्रमित भएका ५३ हजार ५ सय ७८ व्यक्तिमध्ये २८ सय ५७ जनाको अवस्था गम्भीर रहेकाे छ भने ६ हजार ७२ जना निको भएर घर फर्किएका छन् ।

सङ्क्रमणको केन्द्रबिन्दु मानिएको चीनमा ८१ हजार काेराेना सङ्क्रमितमध्ये ७१ हजार ७ सय ४० जना निको भएर घर फर्किएका छन् । चीनमा अहिलेसम्म ३ हजार २ सय ५५ जनाको ज्यान गएको छ ।

अहिलेसम्म चीन र इटलीपछि सबैभन्दा धेरै इरानमा १५ सय ५६, स्पेनमा १३ सय ७८, फ्रान्समा ५६२, अमेरिकामा ३१६ जना, बेलायतमा २३३ जना र दक्षिण कोरियामा १०२ जनाको ज्यान गएको छ । अहिलेसम्मा काेराेना भाइरसको सङ्क्रमण १ सय ८८ देशमा फैलिएकोे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्