काठमाडौंमा भेटिए १ जना कोरोना संक्रमित बिरामी, टेकुमा उपचार हुँदै

Machchapuchchre

काठमाडौँ । चीनको वुहानबाट सुरु भइ विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमित बिरामी काठमाडौंमा पनि भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट नेपाल आएकी नेपाली विद्यार्थीमा कोरोनाको संक्रमण पुष्टि भएको सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

१९ वर्षीय एक युवतीमा कोरोनाभाइरसको संक्रमण देखिएको र अहिले उनलाई टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखिएको मन्त्री ढकालले जानकारी दिए ।

उनीसँगै जहाजमा आएकाहरुको खोजी भइरहेको पनि मन्त्री ढकालले बताए । यसअघि चीनबाट आएका एक नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । उनी भने उपचारपछि स्वस्थ भइसकेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्