कोरोनाबाट देश मुक्त नहुँदासम्म प्रतिरोधबाहेकका आक्रामक कारबाहीहरू बन्द – विप्लव

Machchapuchchre

काठमाडौँ। कोरोना भाइरसको त्रासले देश अस्तव्यस्त बनेका बेला प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले सचेत रहन सबैलाई आम नेपालीलाई अनुरोध गरेको छ । पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवले सोमबार एक बिज्ञप्ति जारी गर्दै कोरोनाबाट देश मुक्त नहुँदासम्म सरकारी दमनको प्रतिरोध कारबाहीबाहेक अन्य आक्रामक कारबाहीहरू बन्द गरिएको जानकारी गराएका छन् ।

उनले तत्काल पार्टी कार्यकर्ता र जनसेनाहरूलाई आफू सचेत बन्दै आमजनतालाई कोरोनाविरुद्ध जागरुक हुन निर्देशन पनि गरेका छन् । महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कोरोना भाइरसले विश्वमानव समुदायलाई ठूलो क्षति पुर्याएको छ । हालसम्म नेपाली जनतालाई क्षति नपुर्याउनु खुसीको कुरा हो । तर जोखिम कायमै छ । यस्तो जोखिमको परिस्थितिमा सारा देश एकताबद्ध भएर आफ्नो काममा लाग्नुपरेको छ ।’

साथै उनले संकटको देशका सबै चिकित्सक एवम् स्वास्थ्य–कार्यकर्ताहरूलाई जनताको सेवामा लाग्न अनुरोध समेत गरेका छन् । महासचिव विप्लवको ज्ञिप्तिमा अगाडि भनिएको छ, ‘हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी कोरोना सङ्क्रमणका विरुद्ध आमनागरिकलाई सचेत रहन आग्रह गर्दछ । यो बेला देशका सबै चिकित्सक एवम् स्वास्थ्य–कार्यकर्ताहरूलाई जनताको सेवामा लाग्न अनुरोध गर्दछ ।’

महासचिव विप्लवको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘तत्काल पार्टी कार्यकर्ता र जनसेनाहरूलाई आफू सचेत बन्दै आमजनतालाई कोरोनाविरुद्ध जागरुक हुन निर्देशन गर्दछ । साथै कोरोना भाइरसबाट देश मुक्त नहुँदासम्म सरकारी दमनको प्रतिरोध कारबाहीबाहेक अन्य आक्रामक कारबाहीहरू बन्द गरिएको जानकारी आमजनसमुदायमा अवगत गराउँछौँ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्