साढे दुई करोड स्पुतनिक–भी कोरोना खोप नेपाल ल्याउने

अर्थ राजनिती ~  कोरोना भाइरस  विरुद्धको साढे २ करोड डोज खोप नेपालमा  पठाउने  रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडीआईएफ) ले  घोषणा गरेका छन । आरडीआईएफले भनेको छ, ‘नेपालको औषधि वितरक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सलाई २५ मिलियन अर्थात साढे २ करोड ‘स्पुतनिक–भी’ दिन सहमत भएका छौं ।’ ‘स्पुतनिक–भी’ नोवेल कोरोना भाइरसविरुद्धको भ्याक्सिन हो ।

ओली प्रचण्ड बिच भेटवार्ता

अर्थ राजनिती ~ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनबारे  भेटवार्ता भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई भेट्न आइतबार बिहान अर्का अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए । स्रोतका अनुसार दुई अध्यक्षबीच मन्त्रिपरिषद् पुनगर्ठनबारे छलफल भएपनि केही मन्त्री मात्र फेर्ने कि बहुसंख्यक भन्नेमा सहमति भने जुट्न सकेन […]

व्यवसायी चन्द्र ढकाललाई कोरोना भएको पुष्टि

अर्थ राजनिती ~ व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार उनले  स्वाव परीक्षण गर्न दिएका थिए । आज बिहान उनको रिपोर्ट आउदा उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको  उनले बताएका छन । उनले आफ्नो  स्वास्थ्यमा कुनै समस्या नरहेको जानकारी दिए । उनले सामान्य अवस्थामै घरमै आइसोलेसनमा बसेको पनि जानकारी दिए ।

विरोध पत्रमा सिटौला समूहले हस्ताक्षर नगर्ने

अर्थ राजनिती ~ कृष्णप्रसाद  सिटौला समुहले  पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउन वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तयार पारेको विरोध पत्रमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । समायोजन, क्रियाशील सदस्यता, विभागहरु गठन, भ्रातृ-शुभेच्छुक संस्थाको मुद्दा उठाएर पौडेल समूहले विरोध पत्र बनाएको छ, जसमा महामन्त्री शशांक कोइराला र कोषध्यक्ष सीतादेवी यादवसहित २७ केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् […]

कोरोना भाइरस रोकथामको लागि जनताले सरकारलाई सहयोग गर्नु पर्ने (राज्यमन्त्री रामवीर मानन्धर )

अर्थ राजनिती ~ शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सबै नागरिक मिलेर  सरकारलाई सहयोग गर्नुपर्ने बताएका छन् । हिजो साधना कला केन्द्रले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री मानन्धरले सबै जनताको साथ र सहयोग  भए मात्रै सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी काम गर्न सक्ने बताएका छन  […]

बैंकमा दर्ता हुने व्यक्तिले निजी क्षेत्रमा काम गरे पनि सरकारी तलब पाउने

अर्थ राजनिती ~  बैंकमा दर्ता हुने व्यक्तिले निजी क्षेत्रमा काम पाउने भएका छन्। सीपमूलक काम सिकेको समयको सरकारले ५० प्रतिशत तलब दिने  व्यवस्था गर्ने भएको छ ।  उद्योग मन्त्रालयले तयार गरेको सीपमूलक प्रशिक्षण कार्यक्रम कार्यविधिमा निजी क्षेत्रमा सीप सिकेको अवधिको ५० प्रतिशत तलब सरकारले प्रदान गर्ने व्यवस्था मिलाएको हो। न्यूनतम पारिश्रमिकको तीन महिनाको ५० प्रतिशत […]

शिक्षा क्षेत्र अझै केहि समय नाखोल्न शिक्षामन्त्रि पोखरेलको आग्रह

अर्थ राजनिती ~ शिक्षामन्त्रि  गिरिराजमणि पोखरेलले कोरोना भाइरसको जोखिम कायमै रहेकाले केही समय विद्यालय नखोली वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन जोड गरेका छन् । मन्त्री पोखरेलले शिक्षालयमा सङ्क्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुने भएकाले हाललाई सूचना, सञ्चार र प्रविधिको प्रयोगमा आधारित वैकल्पिक प्रणालीमा जोड दिन आग्रह गरेका छन । मन्त्री पोखरेलले न्यूनतम सिकाइको लागि […]

पछिल्लो २४ घन्टामा १२०७ कोरोना भाइरसको संक्रमित

अर्थ राजनिती ~ पछिल्लो २४ घण्टामा १२०७  कोरोना भाइरस संक्रमण थपिएका छन । देशभरका प्रयोगशालामा १००१९ नमुना परीक्षण गर्दा ४११ महिला र ७९६ पुरुषमा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ७१ हजार ३४१ पुगेको छ । उनीहरुमध्ये ४६७ जनाको मृत्यु भएको छ भने ५३ हजार १३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका […]

प्रधानमन्त्रीका निजी चिकित्सक डा. शाहलाई कोरोना संक्रमण भएको पुष्टि

अर्थ राजनिती ~ प्रधानमन्त्रीका निजी चिकित्सक एवं त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन डा. दिव्या सिंह शाहलाई कोरोना  भाइरस लागेको पुष्टि भएको छ । कोरोना भाइरसको  लक्षण देखिएपछि उनले पीसीआर टेष्टका लागि स्वाब जाच गर्न दिएकी थिइन् । हिजो  शनिबार  पोजेटिभ रिपोर्ट आएको छ ।उनि अहिले  होम आइसोलेसनमा बसेकि छिन । शाहका अनुसार उनले पछिल्लो […]

आज मन्त्रिपरिषदको बैठक बस्न प्रधानमन्त्री ओलीले बोलाए

अर्थ राजनित ~ मन्त्रिपरिषदको नियमित बैठक सामान्यतया सोमबार र बिहीबार हुने गरेको छ तर प्रधानमन्त्रि ओलीले  आइतबार नै बैठक बोलाएका छन् ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले आजको बैठक पनि नियमितजस्तै हुने  बताए । मन्त्रिपरिषदको  बैठक१२ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन ।