बैंकमा दर्ता हुने व्यक्तिले निजी क्षेत्रमा काम गरे पनि सरकारी तलब पाउने

Machchapuchchre

अर्थ राजनिती ~  बैंकमा दर्ता हुने व्यक्तिले निजी क्षेत्रमा काम पाउने भएका छन्। सीपमूलक काम सिकेको समयको सरकारले ५० प्रतिशत तलब दिने  व्यवस्था गर्ने भएको छ ।  उद्योग मन्त्रालयले तयार गरेको सीपमूलक प्रशिक्षण कार्यक्रम कार्यविधिमा निजी क्षेत्रमा सीप सिकेको अवधिको ५० प्रतिशत तलब सरकारले प्रदान गर्ने व्यवस्था मिलाएको हो। न्यूनतम पारिश्रमिकको तीन महिनाको ५० प्रतिशत उपलब्ध गराउनेछ।  यो सुविधा प्राप्त गर्न अनुमति प्राप्त उद्योग तथा कम्पनीमा काम गर्नुपर्छ । उद्योग सचिव चन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा रोजगार सूचना बैंकमा दर्ता भएका बेरोजगारहरुलाई निजी क्षेत्रसमेतको सह-लगानीमा कार्यस्थलमा आधारित सीपमूलक तालिम कार्यक्रम संचालनको कार्यविधि तयार गरिएको हो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्