स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि खुल्यो आवेदन

Machchapuchchre

अर्थ राजनिती ~ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक खुला प्रतिष्पर्धाबाट छनोट गरेर नियुक्त गर्ने भएको छ । उक्त पदका योग्यता पुगेका उम्मेदवारबाट मन्त्रालयले आवेदन माग गरेको छ । उक्त पदका लागि अर्थशास्त्र व्यवस्थापन, कानून, चिकित्साशास्त्र, जनस्वास्थ वा स्वास्थ्य अर्थशास्त्रमा स्नातकोतर गरेको हुनुपर्ने योग्यताको मापदण्ड निर्धारण गरिएको छ। आवेदकमा सम्बन्धित क्षेत्रमा कम्तिमा १० वर्षको अनुभवका साथै उमेर ३५  देखि 40 वर्षसम्मको हुनुपर्ने तोकिएको छ।  यसका लागि कुनै पनि राजनीतिक दलको सदस्य नभएको र बोर्डसँग कुनै किसिमको स्वार्थ नभएको हुनुपर्ने मन्त्रालयले जनाएको छ । कार्यकारी निर्देशक बन्नका लागि इच्छुक आवेदकले १५ दिनभित्र दरखास्त पेश गर्न मन्त्रालयले समय तोकेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्