कोरोना भाइरस रोकथामको लागि जनताले सरकारलाई सहयोग गर्नु पर्ने (राज्यमन्त्री रामवीर मानन्धर )

Machchapuchchre

अर्थ राजनिती ~ शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सबै नागरिक मिलेर  सरकारलाई सहयोग गर्नुपर्ने बताएका छन् । हिजो साधना कला केन्द्रले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री मानन्धरले सबै जनताको साथ र सहयोग  भए मात्रै सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी काम गर्न सक्ने बताएका छन  । करिब १० लाख मानिसहरुको पीसीआर परीक्षण गर्दा अर्बौं रुपैयाँ सकिएको तर कोरोना भाइरस नियन्त्रणमा आउन नसकेकाले सबैको सहयोगको आवश्यकता रहेको उनले बताए  । कार्यक्रममा राज्यमन्त्री मानन्धरले साधना कला केन्द्रले अनलाइनमार्फत आयोजना गरेको गायन प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्