विरोध पत्रमा सिटौला समूहले हस्ताक्षर नगर्ने

Machchapuchchre

अर्थ राजनिती ~ कृष्णप्रसाद  सिटौला समुहले  पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउन वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तयार पारेको विरोध पत्रमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । समायोजन, क्रियाशील सदस्यता, विभागहरु गठन, भ्रातृ-शुभेच्छुक संस्थाको मुद्दा उठाएर पौडेल समूहले विरोध पत्र बनाएको छ, जसमा महामन्त्री शशांक कोइराला र कोषध्यक्ष सीतादेवी यादवसहित २७ केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् । मुद्दाका आधारमा आफ्नो समर्थन र विरोध हुने भन्दै उनले पौडेल समूहले उठाएको मुद्दाहरुमा आसन्न केन्द्रीय कार्यसमितिमा आफ्नो धारणा राख्ने बताएका छन् । कांग्रेस केन्द्रीय समितिमा सिटौला समूहका उनीसँगै प्रदीप पौडेल, गगन थापा र  शिव हुमागाई छन् । उनीहरु चारै जनाले विरोध पत्रमा हस्ताक्षर गर्ने छैनन् । उनको समुहले बिरोध पत्रमा हस्ताक्षर नगर्ने भएका छन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्