शिक्षा क्षेत्र अझै केहि समय नाखोल्न शिक्षामन्त्रि पोखरेलको आग्रह

Machchapuchchre

अर्थ राजनिती ~ शिक्षामन्त्रि  गिरिराजमणि पोखरेलले कोरोना भाइरसको जोखिम कायमै रहेकाले केही समय विद्यालय नखोली वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन जोड गरेका छन् । मन्त्री पोखरेलले शिक्षालयमा सङ्क्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुने भएकाले हाललाई सूचना, सञ्चार र प्रविधिको प्रयोगमा आधारित वैकल्पिक प्रणालीमा जोड दिन आग्रह गरेका छन । मन्त्री पोखरेलले न्यूनतम सिकाइको लागि सरकारले आकस्मिक कार्ययोजना ल्याई यही असोजको पहिलो साताबाट कार्यान्वयन शुरु गरिसकेकाले सबै स्थानीय तहका सम्बन्धित विद्यालयमा शिक्षकहरुलाई अनिवार्य पुग्न निर्देशन गरिएको जानकारी दिए । उनले शिक्षक, अभिभावक र विद्यार्थीको सम्पर्क स्थापितका लागि सामुदायिक विद्यालयमा निःशुल्क र निजी विद्यालयमा सहुलियत रुपमा क्लोज युनिट ग्रुपमा आबद्ध गराई सञ्चार सहजता बढाइएको बताए । कतिपय जिल्लाका विद्यालयले अहिले सामाजिक दूरी कायम गरी प्रत्यक्ष सिकाइ पनि आरम्भ गरिसकेका पनि जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्