काठमाडौं नजिकै धादिङको छत्रेदेउराली आसपास केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो भूकम्प गयो

अर्थ राजनीति ~ काठमाडौं नजिकै धादिङको छत्रेदेउराली आसपास केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो भूकम्प गएको छ । दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट ३१ जनाको मृत्यु

अर्थ राजनीति ~ पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण थप ३१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं र मोरङका ५/५ जना, ललितपुरका ४ जना, बर्दियाका ३ जना, झापा, उदयपुर र रुपन्देहीका २/२ जना, सुनसरी, तेह्रथुम, सिराहा, भक्तपुर, चितवन, तनहुँ, कपिलवस्तु, दाङमा १/१ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालय […]

डोल्पामा आठ महिनापछि खुल्न थाले विद्यालय

अर्थ राजनीति ~ गत चैत्रदेखि बन्द भएका यहाँका विद्यालय खुलेका छन् । कोरोना भाइरसको फैलँदो सङ्क्रमणका कारण बन्द भएका विद्यालय आठ महिनापछि खुलेका छन । त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला र जगदुल्ला गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालय खुलाएका छन् । त्रिपुरासुन्दरी नगरपालिकाले कात्तिक १२ गतेदेखि खोल्ने गरी नगरपालिकाभित्र पर्ने ३२ वटै विद्यालयमा निर्देशन दिएको थियो । लामो समयदेखि […]

अझै हटेको छैन सवारी साधनमा जोरबिजोर प्रणाली

अर्थ राजनीति ~ सरकारले पछिल्लो पटक साउन २२ गतेबाट लागू गरेको काठमाडौं उपत्यकाभित्रको जोरबिजोर प्रणाली अझै हटाएको छैन । अन्य क्षेत्र निर्वाधरूपमा खुले पनि सवारी साधनको जोरबिजोर प्रणाली भने अझै लागू छ । अहिले पनि जोरबिजोरको अवज्ञा गरेर सवारी साधन गुडाएमा कारबाहीमा परिन्छ । नियम अहिले पनि लागू छ। कसैले नियम नमाने हामी सवारी साधन […]

कोभिडविरुद्ध प्रभावकारी खोप तयार

अर्थ राजनीति ~ अहिले सम्म कोरोना भाइरसको भ्याक्सिन धरै देशले बनाएका छन तर ति भ्याक्सिनले खासै त्यस्तो राम्रो काम भने गर्तेको थिएन । अहिले आएर सबैभन्दा प्रभावकारी कोरोना भाइरसविरुद्धको भ्याक्सिन तयार भएको छ । कोभिड-१९ विरुद्धको एउटा खोप ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको प्रारम्भिक विश्लेषणले देखाएको छ । पीफिजर र बायोएनटेकले यस खोपको सफलतालाई लिएर […]

खातामा रकम नभएको कुरा जानकारी भएपनि झुक्याउन खोजेको सत्यनारायण रौनियार पक्राउ

अर्थ राजनीति ~ खातामा रकम नभई चेक काट्ने सत्यनारायण रौनियार पक्राउ परेका छन् । दुई पटक उच्च अदालत पाटनबाट सजाय सुनाइएका रौनियारलाई प्रहरी प्रधान कार्यालय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । रौनियार विरुद्ध मन्दीपकुमार थापा र सन्तोषकुमार चौधरीले उच्च अदालत पाटनमा किटानी जाहेरी दिएका थिए । दुबै जनाले रौनियारलाई सापटी भन्दै रकम दिएका थिए । […]

सबै सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण निःशुल्क हुने

अर्थ राजनीति ~ सरकारले आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याएको हो । अब सबै सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण निःशुल्क हुनेछ भने सरकारी अस्पतालमा निःशुल्क उपचार गरिने छ […]

राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्द जयन्तीले हामी सबैलाई समाज सुधारको अभियानमा लाग्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना

अर्थ राजनीति ~ वि. सं. १९४२ साल कातिक २५ गते इलाममा जन्मिएका फाल्गुनन्दको निधन वि. सं. २००५ सालमा भएको थियो । उनले जीवनको अन्तिम समयसम्म किराँत भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारका निम्ती काम गरेका थिए । फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै सरकारले २०६६ साल मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको […]

पछिल्लो २४ घन्टामा २४ जनाको कोरोंना संक्रमणबाट मृत्यु

अर्थ राजनीति ~ पछिल्लो २४ घन्टामा कोरोना भाइरस स‌ंक्रमणका कारण थप २४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । कास्कीमा ४ जना, काठमाडौंमा ३ जना, मोरङ, सुनसरी रुपन्देही र कैलालीमा २/२ जना, झापा, इलाम, उदयपुर, सिराहा, रामेछाप, ललितपुर, भक्तपुर, नुवाकोट, चितवनमा १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालहरुले […]

गण्डकी प्रदेशमा ‘चालकसँग १ मिनेट’ कुराकानी

अर्थ राजनीति ~ गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले राजमार्ग तथा शहरी क्षेत्रहरुमा ‘चालकसँग १ मिनेट’ कार्यक्रम शुरु गरेको छ । लकडाउन खुकुलो भएसँगै सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्ने र कोरोना संक्रमणबाट बच्ने, बचाउने उद्देश्यले आइतबार बिहान ११ बजेबाट ‘चालकसँग १ मिनेट’ कार्यक्रम शुरु गरिएको छ । आइतबार बिहान ११ बजे पोखरा महानगरपालिका वडा नं. १० […]