राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्द जयन्तीले हामी सबैलाई समाज सुधारको अभियानमा लाग्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना

Machchapuchchre

अर्थ राजनीति ~ वि. सं. १९४२ साल कातिक २५ गते इलाममा जन्मिएका फाल्गुनन्दको निधन वि. सं. २००५ सालमा भएको थियो । उनले जीवनको अन्तिम समयसम्म किराँत भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारका निम्ती काम गरेका थिए । फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै सरकारले २०६६ साल मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो । आज राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्द जयन्तीले हामी सबैलाई समाज सुधारको अभियानमा लाग्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत धर्मावलम्बीलाई आज शुभकामना दिँदै राष्ट्रपति भण्डारीले समाजमा रहेका विकृति र विसंगति हटाउँदै प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्न फाल्गुनन्द जयन्तीबाट प्रेरणा मिलोस् भन्ने कामना गरेकी हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्